बैतडी । बैतडीमा भोट हाल्न गएका वृद्धको मृत्यु भएको छ ।
भोट हाल्न गएका पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
स्टेचरमा बोकेर ल्याइएका विष्टको मृत्यु भएको हो । कृष्ण माविको मतदानस्थलमा ल्याइए उनको केही समयमा नै मृत्यु भएको थियो ।
मतदान स्थलमा आए पछी अकस्मात बेहोस भएका उनलाई उपचारको लागि लगिएको भएता पनि विष्टको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।




















