प्युठान । नौबहिनी गाउँपालिका ४ खबाङ खप्रेटामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ । ८३ वर्षीय जंगबहादुर सुनारको हत्या गरेको अभियोगमा उनका ३० वर्षीय छोरा तुले सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
अत्याधिक मादक पदार्थ सेवन गरेका तुलेले सामान्य घर झगडामा बुवालाई ढुङ्गा प्रहार गर्दा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको प्युठान प्रहरीले जानकारी दिएको छ । घटना लगत्तै ईलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीको टोलीले तुलेलाई पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


