पोखरा । आसन्न स्थानिय चुनावको संघारमा गण्डकी प्रदेशमा कांग्रेसको एक खेमा अराजक बन्दै गएको छ । उम्मेदवारी दर्ताका दिन गोरखामा मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठलाई कुटपिट गरेको घटना सेलाउन नपाउदै आज फेरी काँग्रेसको अराजक समूहले प्रदेश समिति कार्यालय तोडफोड गरेका छन् ।
पोखराको चिप्लेढुङामा रहेको कार्यालय तोडफोड गरेको आरोपमा प्रहरीले २३ कार्यकर्तालाई पक्राउ समेत गरेको छ । उनीहरुलाई आजै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । निर्वाचनको विषयमा पार्टीभित्र विवाद उत्पन्न भएपछि कार्यकर्ताले कार्यालयमै ढुंगामुढा गरेका थिए ।
पक्राउ परेका सबै कार्यकर्तालाई हिरासतमा राखिएको प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए ।
अराजक समूहले सभापतिको कुर्ची, टेवल लगायतका सामग्री र झ्यालका सिसा तोडफोड गरिदिएको छ । आजै सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजानिक गर्ने क्रममा पनि उत्त समूहले अवरोध र्सिजना गरेका थिए ।


