काठमाण्डौं । काठमाण्डौंको कपनमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेको छ । ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका १० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका ७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएका थिए । गंभिर घाइते भएकी अस्मिताको शुस्मा मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
उता मकवानपुरमा पनि आफ्नै २८ वर्षीया श्रीमती दिया शर्माको हत्या गरेको अभियोगमा बकैया गाउँपालिका ५ तीन तले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पवनले घरायसी विवादको कारण श्रीमतीको घाँटी थिची हत्या गरेका थिए । हत्या अभियोगमा पवनलाई ईलाका प्रहरी कार्यालय फापरबारी र अस्थाई प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।



