साँकेतिक तस्बिर
दाङ । दाङको लमही नगरपालिकामा माछा मार्न भनेर बनाएको बम पड्किदा ५ जना घाईते भएका छन् । आइतबार साँझ लमही नगरपालिका ८ असानिमा बम पड्किदा सोही स्थानमा बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएको दाङ प्रहरीले जनाएको छ ।
लमही नगरपालिका ८ असानिस्थित राप्ती नदीमा माछा मार्न गएको अवस्थामा माछामार्न बनाएको बम हातमा नै पड्किन जाँदा उनीहरू घाइते भएका थिए ।
घाईते सबैको लमहीमा उपचार भई रहेको छ । घाईते मध्ये १ जना उपचार पछि डिश्चार्ज भएको र अन्य ४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।


