मोरङ । विराटनगर महानगरपालिका ९ मा पार्किङ गरेको मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पार्किङमा राखेको को. २० प ५०१० नम्बरको चोरी गरेको आरोपमा सोही महानगरपालिका १२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रबिन मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
मोटर साइकल शनिबार साँझ चोरी भएको थियो भने चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।
पक्राउ परेको दुवै उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।


