स्याङजा । आज बिहान भएको जीप दुर्घटना परी ५ जनाको मृत्यु भएको छ । आईतबार बिहान १० बजेतिर वालिङमा भएको सो दुर्घटनामा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक पदमराज थापाका अनुसार दुर्घटनामा १ जना बालक, ३ जना महिला र २ जना पुरुषको मृत्यु भएको छ ।
मृत्तक मध्ये ४ जनाको घटनास्थलमै र १ जनाको अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको छ ।
डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग. १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका १२ को माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।
र्दुघटनाको कारण नखुलेको भएता पनि जिपले नियन्त्रण गुमाउदा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
र्दुघटनाग्रस्त जिप सडकबाट २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


