काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परिक्षा आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । यस पटक देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७६० जना बिद्यार्थीहरु परिक्षामा सहभागी हुनेछन् ।
परिक्षाको लागि देशै भर प्रश्नपत्र, उत्तरपुस्तिका ७७ वटै जिल्लामा पुगिसकेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयका विद्यार्थी सहभागी हुँने छन् ।
यस पटकको एसईईमा नेपालीहरुले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि परिक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस पटकको परिक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी सहभागी हुने छन् ।
प्राविधिक तर्फका मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ जना विद्यार्थीले पनि एसईई दिँदै छन् ।
शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको भएता पनि कोरोना महामारी सकिए लगत्तै बिद्यार्थीहरुको भौतिक उपस्थितीमा अहिलेको परिक्षा सञ्चालन गर्न लागेको हो ।


