पर्सा । विरगञ्जको प्रसौनीमा ६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा १ जना पुरुष पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका १६ बस्ने बारा प्रसौनी गाउँपालिका ५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले ती बालिकालाई करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



