एजेन्सी । रुस–युक्रेन युद्धका क्रममा युक्रेनले प्रहार गरेको रकेट लागेर क्षतिग्रस्त बनेको एउटा रुसी पानीजहाज समुद्रमा डुबेको छ । ९ जना सैनिक सवार पानीजहाजमा ठुलो विष्फोट पछि समुद्रमा डुबेको हो ।
यता रुसी रक्षा मन्त्रालयका अनुसार रुसको उक्त जहाज ब्ल्याक सीमामा प्राविधिक कारणले क्षतिग्रस्त भएको जनाएको छ । रुसी अधिकारीहरुका अनुसार उक्त जहाज समुद्रको किनारातर्फ तानेर लैजाँदै गर्दा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको बीबीसीमा उल्लेख छ ।
युक्रेनले भने ‘मस्क्भा’ नामक लडाकु पानीजहाजमाथि आफूले क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । १२ हजार टन तौल रहेको सो पानीजहाज युद्धका क्रममा डुबेको यो दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठूलो हो ।
उक्त जहाज सन् १९८० को दशकमा युक्रेनको दक्षिणी सहर मेकलोएभमा निर्माण गरिएको थियो । रुसले आक्रमणबारे केही नखुलाए पनि रुसी रक्षा मन्त्रालयले भने आगलागी र विस्फोटका कारण जहाजमा क्षति पुगेको दाबी गरेको छ ।
५१० जना रुसी फौज रहेको पानीजहाज युक्रेनविरुद्ध रुसी नौ सैनिक आक्रमणको प्रमुख मानिएको थियो । रुसका अनुसार पानीजहाजमा भएका सबैलाई अर्को जहाजमा सकुशल सारिएको छ ।


