काठमाण्डौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै ३ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ ।
सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले समाजवादी पार्टीलाई जवाफ पेस गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए ।
समाजवादीले चैत २६ गते भृकुटीमण्डपमा आमसभा आयोजना गरेको गर्दा आचारसंहिता उल्लंघन भएको गुनासो सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको भन्दै पौडेलले नेकपा (एकिकृत समाजबादी) संग ३ दिन भित्र स्पष्टिकरण दिन भनिएको बताए ।
भ्गचय
‘आचारसंहिता उल्लंघन गरेकोबारे प्रमाणसहित चित्तबुझ्दो जवाफ दिन निर्देशन दिइएको छ,’ पौडेलले भने।


