धनगढी । कैलालीमा एक महिलाले धारिलो हतियार प्रयोग गरेर श्रीमानको हत्या गरेकी छन् ।
जिल्लाको मोहन्याल गाउँपालिका १ कि राक्साकी ३२ वर्षीया चुमाकुमारी थापा बुढामगरले ४३ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेकी धनगढी प्रहरीले जनाएको छ ।
चुमाकुमारीले आइतबार राति १२ बजेतिर धारिलो हतियार प्रयोग गरेर श्रीमानको हत्या गरेपछि इलाका प्रहरी कार्यालय पन्डौनमा आफै जानकारी गराएको प्रहरीले जनाएको छ ।
दोषीलाई जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोली पक्राउ गरी सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदराज जोशीले जानकारी दिए ।




















