फाईल तस्बिर
काठमाण्डौं । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाईको छ ।
परिषदको १०औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु योजना गरी मनाईको हो ।
विश्व हिन्दू परिषद नेपालको स्थापना विक्रम सम्वत २०६८ सालमा श्रीराम नवमीको दिन भएको थियो । सोही दिनदेखि विश्व हिन्दू परिषद्ले श्रीराम नवमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।
परिषदले विगतका वर्ष झै यस वर्ष पनि काठमाण्डौं, पोखरा, वीरगंज, जनकपुर, सिरहा, सप्तरी, रुपन्देही, कपिलवस्तु लगायत देशैभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन सत्संग लगायतका कार्यक्रमहरु योजना गरी स्थापना दिवस तथा श्रीराम जन्मोत्सव मनाउँदै गरेको परिषदले जनाएको छ ।


