एजेन्सी । ताइवानमा अमेरिकी समामुख न्यान्सी पलोसीले भ्रमण गर्न लागेको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढेको छ । अमेरिकी सभामुख पेलोसीले ताइवानको भ्रमण गर्न लागेको चर्चासँगै तनाव बढेको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले पेलोसीले ताइवानको भ्रमण गरे अमेरिकाले गम्भीर क्षति भोग्नुपर्ने चेतावनी दिई सकेका छन् ।
लिजियानलेअमेरिकाले पेलोसीको भ्रमण रद्द गर्नुपर्ने बताएका छन् । उनले ताइवान चीनको अभिन्न अंग रहेको भन्दै कुनै पनि अमेरिकी अधिकारीको सिधा सम्पर्कको विरोध गरिने बताएका छन् ।
१९९७ पछि कुनै अमेरिकी सभामुखले यो नै पहिलो पटक ताइवानको भ्रमण गर्न लागेको बताइएको छ ।
ताइवानले आफूलाई छुट्टै मुलुक भने पनि अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । अमेरिकालेसमेत उसलाई मान्यता दिएको छैन । तर, उसले ताइवानको सरकारलाई सहयोग गर्दै आएको छ ।




















