पोखरा । नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउने आदेश जारी गरेको छ ।
बलात्कार अभियोगमा तनहुँ जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा पठाइएका अभियुक्त शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग्न उच्च अदालत पोखराले आदेश जारी गरेको हो ।
बुधबार उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।
तनहुँ जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा गएका शाहले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम साधारण तारेखमा रिहाइको माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन प्राप्त भएपछि मुद्दा सुनुवाइका लागि पेसी तोकिने भएको छ ।
तत्काल प्राप्त हुन आएको प्रमाणका आधारमा बलात्कार भएको देखिने भन्दै तनहुँ जिल्ला अदालतले चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।




















