काठमाण्डौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज ९सोमबार० पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
किर्तीपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै टी–२० सिरिजमा सुखद सुरुवात गर्न चाहन्छन् ।
यस अघि भएको एकदिवसीय अन्तराष्ट्रिय खेलमा नेपालले पीएनजीसँग पराजय भोगेको छ ।



