काठमाण्डौं । आफ्नै श्रीमतीलाई आगो लगाएर घाईते बनाउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ३० वर्षीया श्रीमतीलाई आगो लगाई घाइते बनाएको अभियोगमा बुढानिलकण्ठ नगरपालिका १० कपन डेरा गरी बस्ने सिरहा लहान नगरपालिका ७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले सुतिरहेकी श्रीमतीलाई शरीरमा तारपिन तेल खनाई आगो लगाई घाइते बनाएका थिए । घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
आगो लगाएर भाग्ने क्रममा प्रहरीले प्रबिनलाई कपनबाट खटिएको महानगरीय प्रहरी प्रभागले जनाएको छ ।




















