बारा । वीरगंजको श्रीपुरमा महिला माथि एसिड प्रहार गर्ने २ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका १३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका १३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो माइतीघर बारा कलैया उपमहानगरपालिका २३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले ती महिलालाई एसिड प्रहार गरेका थिए । घाइतेलाई प्रादेशिक अस्पताल कलैया हुँदै थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाएको थियो ।


