पर्सा । चितवन राष्ट्रिय निकुञ्जबाट भारतमा बिक्रीको लागी लादै गरेको २ वटा हात्ती र माउतेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका(१८ का ६० वर्षीय बुद्धिराम महतो, ४० वर्य राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका(५ का ३५ वर्षीय सफरोज आलम रहेका छन् ।
पर्सा पकहामैनपुर गाउँपालिका(५ बाट शनिबार मध्याह्न उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी जनाएको छ ।
पक्राउ परेका आलम भने हात्ति बिक्रीमा संलग्न रहेको प्रहरीले जनाएको छ । हात्ती र पक्राउहरुलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको छ ।


