काठमाण्डौं । घरायसी विवादमा राजधानीको बुढानिलकण्ठमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बूढानीलकण्ठ नगरपालिका १३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया लक्ष्मी तामाङ (थापा)को हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या अभियोगमा प्रहरीले भक्तबहादुरलाई पक्राउ गरेको छ । घरायसी बिबादहुदा उनले दाउ प्रहार गरी लक्ष्मीलाई गम्भीर घाइते बनाका थिए । लक्ष्मीको उपचारको क्रममा चुनिखेलस्थित करुणा अस्पतालमा मृत्यु भएको हो ।
घटना लगत्तै महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीको टोलीले भक्तबहादुरलाई हतियार सहित पक्राउ गरेको महानगरीय प्रहरी प्रभागले जनाएको छ ।



