काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३५ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ५ हजार २६८ जनाको नमूना परिक्षणका क्रममा बिहीबार थप ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
बिहीबार संक्रमण देखिएका मध्ये ३ हजार ८८१ जनाको पिसिआर गर्दा ३२ जना र १ हजार ३८७ जनाको एन्टिजेन परिक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ३९६ जना पुगेको छ ।
बिहीबार नै देशैभर थप २६६ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६४ हजार १२७ जना पुगेका छन् ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर २ हजार २१९ जना सक्रिय संक्रमत रहेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमणका कारण कोही कसैका पनि ज्यान गएको छैन । अहिलेसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ जना रहेको मन्त्रालयले जनाएको छ ।



