काठमाण्डौ । काठमाण्डौको कलङ्कीमा कारले ठक्कर दिदा ७ जना घाईते भएका छन् । अनियन्त्रित कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदा ७ जना घाइते भएका हुन् ।
बा. ५ च ५४४० नम्बरको कारले गुडिरहेको बा. ७८ प ६५०४ नम्बरको मोटरसाइकल र रोकिराखेको वाग्मती प्रदेश ०२०–३० प २६८७ नम्बरको स्कुटरलाई ठक्कर दिएर फेरि पैदलयात्रीलाई पनि ठक्कर दिएको कलंकी प्रहरीले जानकारी दिएको छ । कारको ठक्करबाट ५ जना पैदलयात्री, मोटरसाइकलका चालक र कारका चालक गरी ७ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ६ जनाको शहीद मेमोरियल अस्पताल र १ जनाको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।


