काठमाण्डौ । नेपाली बजारमा पुनः सुनको भाउ उकालो लाग्न थालेको छ । आज तोलामा १ हजार १०० रुपैयाँले बढेर सुन १ लाख ३०० रुपैयाँमा पुगेको छ ।
बुधबा तोलामा सुनको भाउ ९९ हजार २०० रुपैयाँ रहेकोमा बिहीबार बढेर लाख माथी पुगेको हो । बुधबार सुनको भाउ १ हजार १०० रुपैयाँले घटेको थियो ।
यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।




















