काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ४४ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ६ हजार ५९४ जनाको नमूना परिक्षणका क्रममा मंगलबार थप ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मंगलबार संक्रमण देखिएका मध्ये ४ हजार ४९५ जनाको पिसिआर गर्दा ३५ जना र २ हजार ९९ जनाको एन्टिजेन परिक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ३२३ जना पुगेको छ ।
मंगलबार नै देशैभर थप ४८१ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६३ हजार ५९२ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ जनाको ज्यान गएको छ । यो सहित संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर २ हजार ६८८ जना सक्रिय संक्रमत रहेका छन् ।



