काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ६२८ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ३१४ जना, भक्तपुरमा २९ जना र ललितपुरमा २८६ जना संक्रमित रहेका छन् ।
नेपालमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या घटेर २ हजार ६८८ जनामा झरेको छ ।



