पोरखा । पोखरा पावर हाउस नजिकैबाट स्रोत नखुलेको २२ लाख रुपैयाँ सहित १ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका ३० पावर हाउसस्थित सडकबाट नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका २ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डौंबाट पोखरातर्फ आउदै गरेको बा. ३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।


