पर्सा । जिल्लाको ठोरी गाँउपालिका ३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना घाइते भएका छन् ।
दुर्घटनामा पर्साको ठोरी गाँउपालिका ४ का अन्दाजी ३५ वर्षीय वीरबहादुर विश्वकर्माको मृत्यु भएको हो । घाइते हुनेमा ठोरी ३ का खेलबहादुर विश्वकर्मा र विजय सुनार रहेका छन् । उनीहरूलाई उपचारको लागि स्थानीय मेडिकल पठाइएको छ ।
रामनगरबाट विजयबस्तीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ६२८ नम्बरको टेम्पो आज बिहान ३ः३० बजे नियन्त्रण गुमाएर दुर्घटना भएको थियो ।


