काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १७ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ४५ हजार ५४३ जनाको नमूना परिक्षणका क्रममा शनिबार थप १७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शनिबार संक्रमण देखिएका मध्ये १ हजार ९९३ जनाको पिसिआर गर्दा ८ जना र २ हजार ५५० जनाको एन्टिजेन परिक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १८ हजार १९७ जना पुगेको छ ।
शनिबार नै देशैभर थप ४०९ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६२ हजार ५८२ जना पुगेका छन् ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ३ हजार ५९५ जना सक्रिय संक्रमत रहेका छन् ।



