काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ७६६ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले शनिबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ४०४ जना, भक्तपुरमा ३३ जना र ललितपुरमा ३२९ जना संक्रमित रहेका छन् ।
नेपालमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या घटेर ३ हजार ५९५ जनामा झरेको छ ।



