मकवानपुर । मनहरी गाउँपालिका ६ भुलचोकस्थित सडकमा शुक्रबार बिहान बस दुर्घटना हुदा सहचालक सहित २ जनाको मृत्यु भएको छ । बा. ४ ख ४४५४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट तार्केश्वर गाउँपालिका ४ बस्ने २२ वर्षीय सुभाष श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय शम्भु दराई रहेका छन् ।
दुर्घटनामा घाइते भएका अन्य ९ जनालाई उपचारका लागि चितवन भरतपुरतर्फ पठाइएको छ ।
दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।


