काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ५१ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ५ हजार ९१४ जनाको नमूना परिक्षणका क्रममा शुक्रबार थप ५१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शुक्रबार संक्रमण देखिएका मध्ये २ हजार ५९२ जनाको पिसिआर गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टिजेन परिक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १८ हजार १८० जना पुगेको छ ।
शुक्रबार नै देशैभर थप ३९२ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६२ हजार १७३ जना पुगेका छन् ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ३ हजार ९९६ जना सक्रिय संक्रमत रहेका छन् ।



