बागलुङ । बागलुङको नमुना गाउँपालिकामा आफ्नै श्रीमतीलाई ढुंगा प्रहार गरी हत्या गरिएको छ । बागलुङ नगरपालिका १४ नमुनागाउँ बस्ने ४२ वर्षीया तिला नेपालीलाई उनकै श्रीमानले ढुंगा प्रहार गरी हत्या गरेको बागलुङ प्रहरीले पुष्टी गरेको हो ।
हत्या अभियोगमा प्रहरीले मृत्तकका ५५ वर्षीय श्रीमान रत्नबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
ढुंगा प्रहारबाट गम्भीर घाइते भएकी तिला नेपालीको बागलुङमा उपचारको क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले रत्नलाई पक्राउ गरेको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


