काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २७ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ४ हजार ७४७ जनाको नमूना परिक्षणका क्रममा बिहीबार थप २७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
बिहीबार संक्रमण देखिएका मध्ये १ हजार ६५४ जनाको पिसिआर गर्दा २२ जना र ३ हजार ९३ जनाको एन्टिजेन परिक्षण गर्दा ५ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १८ हजार १२९ जना पुगेको छ ।
बिहीबार नै देशैभर थप २२० जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६१ हजार ७८१ जना पुगेका छन् ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ४ हजार ३७६ जना सक्रिय संक्रमत रहेका छन् ।





















