काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ८२ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ६ हजार १७५ जनाको नमूना परिक्षणका क्रममा बुधबार थप ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
बुधबार संक्रमण देखिएका मध्ये ४ हजार ७९० जनाको पिसिआर गर्दा ४१ जना र १ हजार ३८५ जनाको एन्टिजेन परिक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १८ हजार १०२ जना पुगेको छ ।
बुधबार नै देशैभर थप २१३ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६१ हजार ५६१ जना पुगेका छन् ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ४ हजार ५७४ जना सक्रिय संक्रमत रहेका छन् ।



