काठमाण्डौं । दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गरेको आरोपमा कोरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका ७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई प्रहरीले पक्राउ गरेको हो ।
जङलाई प्रहरीले काठमाण्डौं महानगरपालिका ३ महांकालबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।चावहिलस्थित ओके कन्सल्टेन्सीको संचालक हुँ भन्दै वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारीमा पठाईदिन्छु भनि पीडितबाट रकम लिएर नपठाई रकम ठगी गरेको भन्ने पीडितबाट प्रहरीमा जाहेरी परेकोले प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत्त गौशाला काठमाण्डौं पठाइएको छ ।




















