नवलपुर । नवलपुरको राईकोटमा श्रीमान श्रीमती बिच घरायसी विवाद हुदा श्रीमानको हत्या गरेको आरोपमा १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
बुलिङटार गाउँपालिका ५ राईकोट बस्ने ६५ वर्षीय चमनसिंह भिरकट्टाको हत्या गरेको अभियोगमा उनका श्रीमती श्यामकुमारी भिरकट्टालाई प्रहरीेले प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी श्यामकुमारीले घरायसी विवाद हुदा रिस थाम्न नसकी श्रीमान माथी बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीको टोलीले हत्या अभियोगमा श्यामकुमारीलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



