काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ७३ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ५ हजार ६२ जनाको नमूना परिक्षणका क्रममा शनिबार थप ७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शनिबार संक्रमण देखिएका मध्ये २ हजार २३८ जनाको पिसिआर गर्दा ३० जना र २ हजार ८२४ जनाको एन्टिजेन परिक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ८१४ जना पुगेको छ ।
शनिबार नै देशैभर थप १९२ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६० हजार ८७८ जना पुगेका छन् ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५ हजार ५० जना सक्रिय संक्रमत रहेका छन् ।





















