साँकेतिक तस्बिर
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा रहेको गोकल्पुरमा आगलागीमा परेर कम्तीमा पनि ७ जनाको ज्यान गएको छ ।
भारतीय सञ्चार मध्यामका अनुसार शनिबार भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घरका टहराहरुमा अकस्मात आगो लाग्दा उनीहरुको ज्यान गएको हो ।
सो आगलागीबाट केही मानिसहरु घाइते भएका भारतीय अधिकारीहरुले जनाएका छन् । उद्धारकर्मीलाई उदृत गर्दै सो क्षेत्रमा ६० वटा घर टहरा रहेका र ती सबैलाई आगो लागेको सञ्चार माध्यामले जनाएको छ ।
आगलागी भएको लामो समय पछि मात्र दमकलको सहायताले आगो नियन्त्रणमा आएको थियो । आगो के कति कारणले लागेको भन्ने बारेमा प्रहरीले अुनसन्धान थालेको जनाएको छ ।


