काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ७७ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ७ हजार ९८१ जनाको नमूना परिक्षणका क्रममा शुक्रबार थप ७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शुक्रबार संक्रमण देखिएका मध्ये ५ हजार ६०७ जनाको पिसिआर गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टिजेन परिक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ७४१ जना पुगेको छ ।
शुक्रबार नै देशैभर थप १८९ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६० हजार ६८६ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मध्ये १ जनाको ज्यान गएको छ । योसहित संक्रमणका कारण अहिलेसम्म ११ हजार ९५० जना पुगेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५ हजार २१२ जना सक्रिय संक्रमत रहेका छन् ।



