काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ८५४ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ४४२ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा ३६९ जना संक्रमित रहेका छन् ।
नेपालमा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या घटेर ५ हजार २१२ जनामा झरेको छ ।





















