भक्तपुर । जेनिशा हत्या आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ९ नवलडाँडा स्थायी घर भएकी २८ वर्षीया जेनिशा नगरकोटीको चक्कुले घाँटी रेटी हत्या भएको अवस्थामा फागुन २३ गते शव फेला परेको थियो ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका १० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका २ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र भक्तपुर नगरपालिका ८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका ४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेको भक्तपुर प्रहरीले जनाएको छ ।
ृउनीहरुले जेनिशालाई चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जना उपर भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान थालिएको जनाएको छ ।




















