काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ११२ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ९ हजार ३२८ जनाको नमूना परिक्षणका क्रममा बिहिबार थप ११२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
बिहिबार संक्रमण देखिएका मध्ये ६ हजार ८०१ जनाको पिसिआर गर्दा ७७ जना र २ हजार ५२७ जनाको एन्टिजेन परिक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ६६४ जना पुगेको छ ।
बिहिबार नै देशैभर थप ४२९ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६० हजार ४९७ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २ दिन कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको ज्यान गएको छैन । संक्रमणका कारण अहिलेसम्म ११ हजार ९४९ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५ हजार ३४० जना सक्रिय संक्रमत रहेका छन् ।



