काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ८५६ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले बिहिबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ४४५ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ३६० जना संक्रमित रहेका छन् ।
नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या घटेर ५ हजार ३४० जनामा झरेको छ ।





















