काठमाण्डौं । नोबल कोरोना भाइरस ९(कोभिड–१९)बाट आज थप २२४ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा १० हजार ९२ जनाको नमूना परिक्षणका क्रममा बुधबार थप २२४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
बुधबार संक्रमण देखिएका मध्ये ६ हजार ९३६ जनाको पिसिआर गर्दा ६८ जना र ३ हजार १५६ जनाको एन्टिजेन परिक्षण गर्दा १५६ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ५५२ जना पुगेको छ ।
बुधबार नै देशैभर थप २५१ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६० हजार ८ जना पुगेका छन् ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५ हजार ६९२ जना सक्रिय संक्रमत रहेका छन् ।



