भक्तपुर । ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको सुर्यबिनायक चोकबाट आज २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूर्यविनायक नगरपालिका ६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको भन्दै सोही स्थानमा बस्न सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी बा. ३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई ट्राफिक प्रहरी कार्यालय सल्लाघारीबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्नेक्रममा प्रहरीमाथि नै हातपात गरेपछि उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


