काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ८८ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ८ हजार ६३८ जनाको नमूना परिक्षणका क्रममा सोमबार थप ८८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
सोमबार संक्रमण देखिएका मध्ये ट हजार १४५ जनाको पिसिआर गर्दा ६६ जना र २ हजार ४९३ जनाको एन्टिजेन परिक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १७ हजार १३४ जना पुगेको छ ।
सोमबार नै देशैभर थप ३७६ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ५९ हजार ४६९ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९४८ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ६ हजार १५० जना सक्रिय संक्रमत रहेका छन् ।



