काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै १ हजार ११९ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ४७९ जना, भक्तपुरमा ५५ जना र ललितपुरमा ५८५ जना संक्रमित रहेका छन् ।
नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या घटेर ६ हजार १५० जनामा झरेको छ ।



