काठमाण्डौं । रुसका १ जना कुख्यात युद्ध सरदार युक्रेनमा मारिएका छन् । रुस समर्थित नवनाजी ‘स्पर्टा बटालियन’ नामक लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको गोली हानी हत्या भएको हो ।
गत शनिबार पूर्वी युक्रेनको भोल्नोभ्का शहरमा उनको हत्या गरिएको हो । उनको मृत्यु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि ठूलो धक्का रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तालिम नपाएका सैनिकसँगै युद्धमा होमिएका कारण रुसका उच्च सैनिक अधिकारीहरु हताहतीको जोखिममा रहेको पनि अष्ट्रेलियाको न्यूज डट कम डट एयूले जनाएको छ ।
युक्रेनमा मारिने उनी दोश्रो वरिष्ठ सैनिक अधिकारी हुन् । यसअघि युक्रेनमा रुसी फौजका १ जना मेजर जनरलको हत्या भईसकेको छ ।
युद्धबाट हालसम्म अपेक्षाअनुसार परिणाम नआएका कारण युक्रेनमा आक्रमण गरिरहेको रुसी फौजको मनोबल कमजोर हुन थालेको विश्लेषकहरूले बताउँन् थालेका छन् ।




















