काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ६८ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ४ हजार ९२२ जनाको नमूना परिक्षणका क्रममा आइतबार थप ६८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आइतबार संक्रमण देखिएका मध्ये ३ हजार १३५ जनाको पिसिआर गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टिजेन परिक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ४६ जना पुगेको छ ।
शनिबार नै देशैभर थप ५३८ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ५९ हजार ९३ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ६ हजार ४६१ जना सक्रिय संक्रमत रहेका छन् ।



