काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ९१ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ६ हजार २२० जनाको नमूना परिक्षणका क्रममा शनिबार थप ९१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शनिबार संक्रमण देखिएका मध्ये २ हजार ६६२ जनाको पिसिआर गर्दा ६७ जना र ३ हजार ५५८ जनाको एन्टिजेन परिक्षण गर्दा २४ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ९७८ जना पुगेको छ ।
शनिबार नै देशैभर थप ३६२ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ५८ हजार ५५५ जना पुगेका छन् ।
संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोही कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ६ हजार ९४७ जना सक्रिय संक्रमत रहेका छन् ।



